रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता त्रिपाठीलाई अदालत परिसरमा आक्रमण प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।

सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा छ । बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *