काठमाडाैं। नेपालका प्रतिष्ठित उद्योगहरुबाट उत्पादित स्वदेशी तथा विदेशी उत्पादनलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीकाे भृकुटीमण्डपमा जुत्ता चप्पलका ‘बम्पर सेल मेला’ मंगलवारदेखि शुरु भएको छ । यही पुस ९ गने मंगलवारदेखि शुरु भएको यो मेलामा पाँच हजारभन्दा बढी डिजाईन र फरक फरक आकार प्रकार र उच्च गुणस्तरका जुत्ता चप्पलहरु राखिएका छन् ।
मेलामा आएका हरेक खरिदकर्तालाई प्रत्येक जोर जुत्ताको मुल्यमा न्युनतम १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। विशेष गरेर यो वर्षको जाडो मौसमलाई मध्यनजर गर्दै स्पोर्टस् सुज ( जुत्ता)का साथै छालाका आकर्षक, गुणस्तरिय, भरपर्दो र टिकाउ किसिमका जुत्ता र चप्पलहरु मेलामा राखिएको छ ।
नेपाल र विदेशी कच्चा सामग्रीको प्रयोग गरिएका सबैजसो जुत्ताहरु मेलामा राखिएको छ। दुई दर्जन बढी उद्योगबाट उत्पादित जुत्ता चप्पलको यो मेलाले नेपालका जुत्ता तथा चप्पल उद्यमी, व्यापार र व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ दिने छ भने उपभोक्तालाई सहज रुपमा सस्तो मुल्यमा एकै ठाउँमा आफूले रोजेको जुत्ता चप्पल खरिद गर्न पाउने अवसर जुटाई दिएको छ।
जुत्ता र चप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने यो व्यवसायलाई संरक्षण प्रवर्द्धन र विस्तार गर्न राज्यले स्वदेशी उद्यमी र उद्योगलाई सुविधा र सहयोग उपलब्ध गराउँदै जानुपर्छ । यसो भएमा विदेशी व्राण्डका जुत्ता चप्पल जत्तिकै गुणस्तरिय सामग्रीको खरिद र उपभोग अझ उचित र सस्तो मुल्यमा नेपाली नागरिकहरुले सहजै गर्न पाउने निश्चित छ ।
मेलामा वालकदेखि वृद्धसम्म, युवा र युवतीहरुको रोजाई र चाहना बमोजिमका उत्पादनहरु राखिएकाले शरामदायी र आकर्षक अनि टिकाउ स्वदेशी उत्पादनको समयमै खरिद गर्ने अवसरमा मेलामा उपभोक्ताले पाउने छन् । तसर्थ, मेलाको वारेमा यथार्थ सूचना प्रवाह गराएर उपभोक्तालाई गुणस्तरिय जुत्ता चप्पलको उपभोग गर्ने अवसर दिलाउन संचारमाध्यमले उपभोक्तालाई सुसूचित गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास आयाेजकले लिएका छन्।
अर्थ सन्जाल