सहकारी ठगी प्रकरण : रवि लामिछानेको बयान सकियो

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको बयान लिइएको अदालतले जनाएको छ ।

योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ । पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ । आइतबारदेखि पुनः बयान सुरु हुनेछ । सबैको बयान सकिएपछि मात्रै थुनचेक बहस हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *