नेपालमा देखियो मंकीपक्सको संक्रमण

काठमाडौं। नेपालमा पुनः मंकीपक्स सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।

उनका अनुसार साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। अहिले उनको अवस्था सामान्य छ।

निजको टेकुस्थित शुक्रराज अस्पतालमा आइसोलेसन’मा राखेर उपचार भइरहेको छ। दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स सङ्क्रमणको देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *