दुर्गा सिंह र भरतबहादुर बोहरा एआइजीमा बढुवा

काठमाडौँ।  सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंह र भरतबहादुर बोहरालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंह र बोहोरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

एआइजी भीमप्रसाद ढकाल र केदार ढकालले अवकाश पाएपछि रिक्त पदमा उनीहरुलाई बढुवा गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *