राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटिएम संचालन

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थि, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *