![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/12/hydro.jpeg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं। छ्याङदी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज पुस ५ गते शुक्रबार अर्थात् आज बस्दैछ ।
कम्पनीको दशौं र एघारौं गरी २ आर्थिक बर्षको वार्षिक साधारण सभा आज अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । तर कम्पनीले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल