नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।







