प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेर बन्द भएको छ। सेसनमा २.२६ अंक बढेर २६३३.१८ विन्दुमा पुगेको छ। ३० लाख १८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *