कजारिया टायल्सको मैसन मिट सम्पन्न

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र भारतको नम्बर वान टायल्स कजारिया टायल्सले हालै काठमाडौंमा ‘मैसन मिट २०२४’ सम्पन्न गरेको छ ।

१५० जनाभन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गरिएको थियो ।

राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने मैसन मिटको उद्देश्य रहेको बताइएको छ । उक्त मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो ।

अर्थतन्त्रलाई मजबुत बनाउन राजमिस्त्रीको उल्लेखनीय भूमिका रहेकोले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रियाप्रति काजरिया रमेश टायल्स सधैं नै सजग रहेको बताइएको छ। काठमाडौंबाट सुरु भएको यो मैसन मिट छिट्टै नेपाल अधिराज्यभर कम्तीमा १६ ठाउँहरुमा गरिँदैछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामग्रीको छनोटका साथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *