काठमाडौं। शेयर बजार आज पनि एकल अंकले घटेको छ। नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा बन्द भएको हो।
आज ३०३ कम्पनीको सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्य ४ वटा समूह उकालो लागेका छन् भने ९ वटा वटा समूह ओरालो लागेका छन् । आज ८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ । याे दिन १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज जोशी हाइड्रोपावरको शेयरमूल्य बढेको छ। यस दिन याे कम्पनीले ७.६७ प्रतिशतले बढेको हाे । आज एनआरएनका शेयरधनीले गुमाएका छन्। यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ।
Artha Sanjal
अर्थ सन्जाल