कर्णालीलाई दोस्रो झट्का, बाबर पनि आउट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेट पनि गुमाएको छ। कर्णालीले दोस्रो विकेटको रुपमा बाबर हायतलाई गुमाएको हो। उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए। ७ रन जोडेका उनलाई पोखराका सागर ढकालले आउट गरे।

यसअघि कर्णालीका देव खनाल पहिलो ओभरको तेस्रो बलमा एलबिडब्ल्यू आउट भएका थिए। उनलाई पोखराका विपिन खत्रीले आउट गरे। अम्पायरले आउट दिएपछि देव खनाल आक्रोशित भएका थिए। पोखराले कर्णालीलाई १०४ रनको लक्ष्य दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *