काठमाडौं। सेयर बजार लगातार ओरालो लागिरहेको छ। नेप्से परिसूचक आज पनि १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा बन्द भएको छ।
आज ३१७ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्य ५ वटा समूह उकालो लागेका छन् भने ८ वटा समूह ओरालो लागेका छन् । आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । याे दिन १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
त्यस्तै, आज एनआरएनको कारोबार भएको छ। यस कम्पनीको ३५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज इमर्जी नेपालका शेयरधनीहरुले कमाएका छन्। यस कम्पनीको शेयरमूल्य ८.७६ प्रतिशतले बढेको छ।
त्यस्तै, स्वाभिमान लघुवित्तका शेयरधनीहरुले गुमाएका छन्। यो लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।




