काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले मध्यम सुरुवात गरेको छ। चितवनले पावरप्लेमा चितवनले ४ विकेट गुमाउँदै ११४ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्ल ३८ रनमा आउट भएका हुन् । उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
उनलाई पोखराका सागर ढकालले आउट गरेका हुन् । यसअघि लुक बेन्केनस्टाइनले १६, हसन इसाखिल १४, र दीपक बोहरा २ रन बनाएर आउट भएका थिए ।
टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।







