काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारले कसैले हल्लाउन नसक्ने बताएका छन् । दरबारमार्गमा आयोजित एमालेको जागरणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे ।
उनले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरुलाई भने, ‘तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’
Artha Sanjal
अर्थ सन्जाल