काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा मंसिर २४ गते गर्ने भएको छ । सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने जनाएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ।
त्यस्तै संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारण तर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पनि समावेश छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ सन्जाल