काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा हुने कम्पनीले जनाएको छ । सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४% लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १३.३०% बोनस सेयर र कर प्रयोजनको लागि ०.७०% नगद गरी कुल १४% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन मंसिर १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।




