युनिक नेपाल लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडाैं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४.८७ प्रतिशत कम हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.१७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २७.२३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २६.९० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७६.९० प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६३ रुपैयाँ ९९ पैसा घटेर २१ रुपैयाँ ४८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३३९ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ११७.१० गुणा रहेको छ।

१४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३६ करोड ७ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *