काठमाडौं । सरकारले जग्गा प्राप्ति सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने नयाँ कानुन बनाउन सुझाव मागेको छ ।
गृह मन्त्रालयको कानुन महाशाखा अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन शाखाले ‘जग्गा प्राप्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा मन्त्रालयको आधिकारिक वेबसाइटमा राख्दै सुझाव मागेको हो ।







