काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी विन्ध्यवासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्दै छ तसर्थ आज (कात्तिक २७ गते) सम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कर सहित ८ प्रतिशत बोनस शेयर वितरणको घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न मंसिर ६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यालय परिसरमा बिहान ११ बजे साधारणसभा बोलाएको छ। सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ।
साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि समावेश गरिएको छ।




