आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटः आज कुवेतसँग खेल्दै नेपाल

काठमाडौं। नेपालले आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ ।खेल दुबईस्थित द सेभेन स्टेडियममा बिहान ११ः १५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यसअघि नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । छनोट प्रतियोगिता नेपाल, कुवेत र आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *