ट्रेड टावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित १५ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १२ गते काठमाडौंको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान १०ः३० बजे डाकेको हो ।

सभामा लेखा परिक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक निर्धारण गर्ने प्रस्तावा पारित गरिनेछ ।

कम्पनीले सञ्चालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि बैंक तथा अन्य वित्तिय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, अनुरुप तोकिएको सिमा भन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र कम्पनीले सञ्चालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि आवश्यक छोटो अवधीको कर्जा लिने प्रस्ताव समेत पारित गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *