राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा आराधना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपराह्न छठी माताको पूजा अर्चना गरेका हुन्।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *