सीईडीबी हाइड्रोपावरको नाफा ९ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सीर्डडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा बढेको छ ।

कम्पनीले समिक्षा अवधिमा ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले  ३ करोड रुपैयाँ  खुद नाफा आर्थिजन गरेको थियो ।

कम्पनीको  सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ९ लाख रुपैयाँ रहेकोमा यस्तो आम्दानी यो आवको पहिलो त्रैमासमा बढेर १० करोड पुगेको हो  ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *