लिवर्टी इनर्जीको हकप्रद बिक्रीका लागि बुक क्लोज मिति तय

काठमाडौं। लिवर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  तसर्थ, कात्तिक २० गतेसम्म कायम रहने शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्कासनका लागि  प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *