तीन महिनामा निर्जीवन बीमा कम्पनीको शुल्क संकलन ११ अर्ब ३८ करोडमाथि, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँभन्दा बढीको बीमा  शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको असोज मसान्तसम्मको तथ्यांक अनुसार हाल संचालनमा  रहेका १४ निर्जीवन बीमा कम्पनीले  ६ लाख ६८ हजार १४० वटा बिमा लेख जारी ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सगरमाथा लुम्बिनील इन्सुरेन्सले सबैभन्दा बढी शुल्क संकलन गरेको छ। यस कम्पनीले  १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको हो ।
त्यस्तै,  सिद्धार्थ प्रिमियरले १ अर्ब १७ करोड रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ भने  शिखरले इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, समिक्षा अवधिमा  हिमालयन एभरेष्टले ९१ करोड, आइजिआई प्रुडेन्सियलले ९० करोड, नेको इन्स्योरेन्सले ८९ करोड, दि ओरिएन्टलले ८३ करोड, एनएलजीले ७५ करोड, युनाइटेड अजोडले ६८ करोड, नेपाल इन्स्योरेन्सले ६१ करोड, सानिमा जिआईसीले ५८ करोड, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड, प्रभु इन्स्योरेन्सले ४७ करोड र नेशनल इन्स्योरेन्सले ४१ करोडको शुल्क संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *