काठमाडौं। एन्फाको आयोजनामा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको लागि टिकट बिक्री गर्न तत्काललाई रोक लगाएको छ।
बुधबार साँझ ६:३० बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने नेपाल र बंगलादेशबिचको साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट विक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
एन्फाले आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री वितरण भएको जनाएको छ।
एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण व्यवस्थित गरेर अर्को सूचना जारी गर्ने सूचनालाई वेवास्ता गर्दै टिकट विक्री वितरण गरी कुनै समस्या आइपरेमा अखिल नेपाल फुटबल संघ जवाफदेही नहुने जनाएको छ।
विज्ञप्तीमा भनिएको छ – ‘क्षमता भन्दा बढी टिकट विक्रि वितरणका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा. लि.सँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको हुँदा माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा. लि. ले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौं।’
अर्थ सन्जाल