काठमाडाैं । सेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा उक्लिएको छ।
आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ। आज २८ कम्पनकिो सेयरमूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३३ करोड ७९ लाख रुपैयााको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एलआइसी नेपालको १९ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् । मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
नेपाल फाइनान्स ३३ करोड ७९ लाख रुपैयाँ, समृद्धि फाइनान्स २४ करोड ७६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनः १९ करोड ८३ लाख रुपैयाँ,जानकी फाइनान्स १६ करोड ६४ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १५ करोड ९९ लाख रुपैयाँ,बरुण हाइड्रोपावर १५ करोड ५४ लाख रुपैयाँ,प्रोग्रेसिभ फाइनान्स १५ करोड १४ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स ११ करोड ७१ लाख रुपैयाँ,आईसीएफसी फाइनान्स ११ करोड ५७ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक ११ करोड २५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।




