युनाइटेड अजोडले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग माग्याे अनुमति

काठमाडाैं। युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै असोज ४ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ३१ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *