दुर्गा प्रसाईंले सुरु गरे प्रहरी हिरासतमै अनसन

काठमाडौँ । विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रहरी हिरासतमै अनसन थालेका छन् ।

प्रसाईँले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन थालेका हुन् । आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनसन थालेका हुन्।

वीर अस्पतालले डिस्चार्ज गरिदिएछि प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा बयानका लागि दुर्गालाई लगेको थियो । त्यहाँ २ घण्टा बयान भएपछि उनले पुनः अस्पताल लैजान आग्रह गरेपछि अस्पतालले डिस्चार्ज गरिसकेकाले हिरासतमै राख्ने भनेर प्रहरी सिंहदरबार वृत्तमा लगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *