आँखुखोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ १६ गते) अन्तिम दिन हो ।

आइतबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । आँखुखोलाले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयरका लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *