काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ ले लाभांश घोषणा गरेका हुन् ।
क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।
Artha Sanjal
अर्थ सन्जाल