खोरङ्गा हाईड्रोपावरले आइपीओ जारी गर्ने प्रस्ताव सहित बोलायो साधारणसभा

काठमाडौैं । खोरङ्गा हाईड्रोपावरले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको साधारणसभा असोज ७ गते गर्ने भएको हाे । सभा कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज,काठमाडौंमा विहान १० बजेदेखि शुरु हुने छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने छ ।यसैगरी, सोही सभाले विशेष प्रस्तावको रुपमा रहेको कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन, कम्पनीको प्रारम्भिक शेयर निष्कासन(आईपीओ) सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि तोक्ने निर्णय पारित गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *