विकास बैंकहरुको चुक्तापुँजी ४२ अर्ब नाघ्यो, मुक्तिनाथको ५ अर्ब ६८ करोडमाथि

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले चुक्तापुँजी बढाएका छन् । बैंकहरुले १ वर्षमा करिब १ अर्ब रुपैयाँले  चुक्तापुँजी बढाएका हुन्। योसँगै अब  बैंकहरुको चुक्तापुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्ष को तुलनामा १ अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको कुल चुक्तापुँजी ४० अर्ब १८ करोड २० लाख रुपैयाँ रहेको  थियो ।

केन्द्रिय स्तरका विकास बैंक

सबैभन्दा बढी चुक्तापुँजी मुक्तिनाथ विकास बैंकको छ ।  २०८१ असार मसान्तसम्म बैंकको चुक्तापुँजी ७ अर्ब ४ करोड ४९ लाख ३८ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै,  चुक्तापुँजी धेरै हुने विकास बैंकहरुमध्ये दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ जसको  चुक्तापुँजी ५ अर्ब ६८ करोड पाँच लाख १७ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँ ,ज्योति विकास बैंकले ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ,  महालक्ष्मी विकास बैंकको ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको  ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ,  कामना सेवा विकास बैंकको ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ,  मितेरी डेभलपमेन्ट बैंकको १ अर्ब १ करोड ५० लाख १ हजार रुपैयाँ चुक्तापुँजी रहेको छ ।

क्षेत्रीयस्तरका विकास बैंक

एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ, सप्तकोशी विकास बैंकको चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ ,सिन्धु विकास बैंकको ५५ करोड ७४ लाख रुपैयाँ ,कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ५१ करोड १९ लाख, कर्णाली विकास बैंकको ५० करोड २८ लाख ,  साल्पा डेभलपमेन्ट बैंकको ३५ करोड रुपैयाँ र  नारायणी डेभलपमेन्ट  बैंकको चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ  पुगेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *