शेयर खरिद-बिक्री गर्न उत्साहित गराउनेलाई कारबाही गर्ने सेबोनको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका शेयरमूल्य बढ्ने वा घट्ने भन्दै खरीदविक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने बताएको छ ।

सेबोनले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनधिकृत तवरले अन्तरवार्ता तथा अभिव्यक्ति दिएर बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरु प्राप्त भएको बताएको छ ।

निश्चित शेयर खरीदविक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्धेश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न पनि बोर्डले  आग्रह गरेको छ । साथै यस किसिमका काम कारबाहीका सम्बन्धमा सुक्ष्म निगरानी पनि भइरहेको समेत बोडले सूचनामा भनेको छ ।

सार्वजनिक सूचनामा भनिएको छ, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ’ बोर्डले सूचनामा भनेको छ ‘सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *