ऋण तिर्दैनौं भन्ने व्यक्तिका कारण डेढ वर्षदेखि बैंकहरु अप्ठ्यारोमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको लिएको ऋण तिर्दैनौं भन्ने व्यक्तिहरुका कारण विगत डेढ वर्षदेखि बैंक अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

शुक्रबार अर्थ समितिमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक- २०८० को दवाफार छलफलको क्रममा उनले  बैंकको ऋण तिर्दिन भन्नेहरुले बैंकलाई अप्ठ्यारोमा पारेको बताए।

‘केहि ब्यक्तिहरुले ऋण तिर्नु हुँदैन भन्ने प्रचार प्रसार गरेका छन् । यसले ढेढ वर्षदेखि बैंकलाई अप्ठ्यारो परेको छ, त्यसैले यस्तो किसिमको अनगर्ल प्रचार रोक्न पनि त्यस्ता व्यक्तिलाई फौजदारी कसूर लगाउनु पर्छ।’  ऋण  लिएर तिर्न पर्दैन’ भन्ने भाष्य हटाउन उनले आग्रह गरे ।

एउटा बैंक असफल भयो भने झनै विकराल अवस्था आउँछ भन्दै उनले  यसबारे बेलैमा विचार पुर्‍याउनु पर्ने बताए ।

गभर्नर  अधिकारीले ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी कानुन फरक–फरक बनाउनुपर्नेमा जोड दिए। गभर्नर अधिकारीले बैंकरले व्यवसाय चल्छ कि चल्दैन भनेर ऋण दिने निर्णय गर्दा बैंकको पैसा ऋणीले लैजाँदा पनि ऋणी र बैंकरलाई एकै ठाउँमा राखेर हेरिएको पनि बताए।

गभर्नर अधिकारीले चेकअनादार बिषय आफैमा फौजदारी अभियोग भएकाले बैंकिङ कसूर भनिरहन नपर्ने भन्दै अहिलेको वर्तमान परिप्रेक्ष्यमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक २०८०लाई पुरै पुनर्लेखन गर्नु पर्ने पनि औंल्याए ।

‘बैंकरमाथि ऋणीले ऋण लिने समयमा मिलेमतोमा लिएको हो भने मात्रै बैंकरलाई पनि अनुसन्धान गर्नुपर्ने व्यवस्था राख्न उनले आग्रह गरे। ऋण दिएर किन आफूलाई जोखिममा पार्नु भन्दै काम गर्न बैंकरहरू डराइरहेको उनको भनाइ थियो।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *