त्रिवेणी मोटोकर्पले भित्र्याएको कामा ब्रान्डका ईभी भ्यान र माइक्रोवसको बिक्री वितरण शुरु

काठमाडाैं । त्रिवेणी मोटोकर्पले नेपाल भित्र्याएको कामा ब्राण्डका भ्यान तथा माइक्रोवस नेपालमा बिक्री वितरण शुरु भएको छ। कम्पनीले ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको बिक्री वितरण शुरु गरेको बताएको छ ।

कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रूप अन्तर्गत त्रिवेणी मोटोकर्पले चीनको स्याङडो कामा अटोमोवाईल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरेर बिक्री गर्न शुरु गरेको हो ।

स्याङडो कामा अटोमोवाईल कम्पनी चीनको ठूला कमर्सियल र यात्रुबाहक गाडी निर्माता मध्येका एक रहेको र यसका उत्पादनहरु विश्वका ६० देशहरुमा बिक्री वितरण हुने गरेको छ ।

विद्युतीय गाडीको प्रबर्द्धनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

११ र १४ सिट क्षमताको कामा ईभी माइक्रोमा क्रमश : ३५ र ७० किलोवाट क्षमताको मोटर छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमि रेञ्ज प्रदान गर्ने गर्दछ । कामाका सबै इलेक्ट्रिक भ्यानहरु सीएटीएल व्याट्रि जडित छन् ।

कम्पनीले उक्त रेञ्जहरु ४० किमि प्रतिघण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने बताएको छ । त्यसैगरी, बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पनि उल्लेख गरेको छ ।

कम्पनीले बिक्री पछिको सेवालाई ध्यानमा राख्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको पनि बताएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *