अर्थ सचिव डा. रामप्रसाद घिमिरेले लिए राष्ट्र बैंक संचालकको रुपमा शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको रुपमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको शथप गराएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश सर्वोच्च वा अदालतको निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल, सहरजिस्ट्रारहरु मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *