हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेतालाई हुन्डाई एक्स्टर कार हस्तान्तरण

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

३१ असारमा नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुनसरीका इन्द्रप्रसाद गुरागाईं बम्पर उपहार विजेता घोषणा भएको कम्पनीले जनाएको छ ।

बम्पर उपहार विजेता बनेका गुरागाईंलाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्स्टर कार हस्तान्तरण गरेका हुन् ।

उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्स्टर जिने मौका थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *