यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अमेरिका, चीन, बेलायत, अस्ट्रेलियालगायत १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो । सोही बैठकले चीन, श्रीलंका, दक्षिण अफ्रिका, अस्ट्रेलिया र रुसमा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता हुन बोलाएको छ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

लोकदर्शन रेग्मीः अमेरिका
प्राडा कृष्णप्रसाद ओलीः चीन
डा. शंकरप्रसाद शर्माः भारत
रामकृष्ण भट्टराईः श्रीलंका
रीता धितालः पाकिस्तान
कान्ता रिजालः अस्ट्रेलिया
चन्द्रकुमार घिमिरेः संयुक्त अधिराज्य
डा. शैल रुपाखेतीः जर्मनी
प्राडा कपिलमान श्रेष्ठः दक्षिण अफ्रिका
जंगबहादुर चौहानः रुस
धनप्रसाद पण्डितः इजरायल
सनिल नेपालः स्पेन
प्रकाशमणि पोखरेलः पोर्चुगल
नरेशबिक्रम ढकालः साउदी अरेबिया
रमेशचन्द्र पौडेलः कतार
नेत्रप्रसाद तिमल्सिनाः मलेसिया
डा. शिवमाया तुम्बाहाङ्फेः दक्षिण कोरिया
सुम्निमा तुलाधरः डेनमार्क

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *