नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा आज असार १८ गते  बस्दैछ । कम्पनीको  २ आर्थिक वर्षको सभा, भिष्वा, वीरगंज (पर्सा) मा बिहान ९ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सभामा आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभामा  लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
त्यसैगरी, सभाले संस्थापक समूहका सेयरधनीहरुबाट ३ जना सञ्चालक र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावली संशोधन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि  कम्पनीले असार ४ गते बुक क्लोज गरिसकेकोले असार ३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन  र सभामा भाग लिन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *