माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले  संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा संस्थाहरूले यो शेयर किन्न पाउनेछन् ।

इच्छुकले ७ दिनभित्र सुन्धारा बाघदरवारस्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि यो शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएकोमा तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको  हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *