काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डिसीईओ)मा दिप बहादुर बिसी नियुक्त भएका छन ।असार १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी बिसीलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।
२०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका उनीसँग लेखा परिक्षण, लेखा, वित्तीय व्यवस्थापन, रणनीतिक व्यवसायीक योजना र जीवन बीमामा डेढ दशक लामो समयको अनुभव छ ।
बिसीले एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका छन । साथै, उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएट गरेका छन् ।






