प्रभु बैंकका प्रबन्धक ग्राहकको पैसा लिएर सम्पर्कविहीन
प्रभु बैंकको दिक्तेल शाखाका प्रबन्धक होमराज खतिवडा गत १ महिनादेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोटका प्रभु बैंकका प्रबन्धक खतिवडा ग्राहकको पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको तथ्य सार्वजनिक भएको छ । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा एक…



