प्रभु बैंक लिमिटेडर दिक्लिफ प्रा.लि.का बिच आकर्षक छुट गर्ने सम्झौता सम्पन्न

प्रभु बैंक लिमिटेड र दिक्लिफप्रा.लि.का बिच,दिक्लिफ प्रा.लि माआकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी श्रीमती शांन्ती शेरचन र दिक्लिफ प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ईश्वर ध्वज कार्की उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रभु बैंक र दिक्लिफ प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरि रहेका सम्पूर्ण ग्राहकहरुले दिक्लिफ प्रा.लि.द्धारा सञ्चालित स्काई साइक्लिङ्ग,स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १०प्रतिशत छुटका साथै बन्जीजम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा स्काई चियर , विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग,तथा फ्यामिलीपिङ्ग मध्यकुनै एक गतिविधि मानिस् शुल्कसेवा प्राप्त हुनेछ ।

उक्त सम्झौता अन्तर्गत दिक्लिफ प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आरर पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,दिक्लिफ प्रा.लिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बताईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेमा बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *