नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको  संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

हाल कम्पनीले कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६४।- को ११ प्रतिशतका दरले हुने वोनश शेयर रु १३,६६,५७,२४२ र नगद लाभांश  ०.५७८९ प्रतिशतले हुने रु ७१,९२,४८६ वितरण गर्ने निर्णय गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *