नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
हाल कम्पनीले कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६४।- को ११ प्रतिशतका दरले हुने वोनश शेयर रु १३,६६,५७,२४२ र नगद लाभांश ०.५७८९ प्रतिशतले हुने रु ७१,९२,४८६ वितरण गर्ने निर्णय गरेको हो ।
Artha Sanjal






