प्रि ओपन सेसनमा २०.४८ अंकले बढ्यो नेप्से

काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.८९ अंक बढेर २११३.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.४८ अंक बढेर २१३३.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.७० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८६ स्टकको १७० पटकको कारोबारमा ६० लाख ८९ हजार ६९२ रुपैयाँ ३० पैसाबराबरको १७ हजार ३५४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *