काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल