प्रभु बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाडौं । प्रभु बैंक लिमिटेडले २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा आव २०७९र८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९र८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०र८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।  सभामा प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९र८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *